टी-२० क्रिकेटमा आईसीसीले बनायो नयाँ नियम

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नयाँ नियम बनाएको छ । आईसीसीका अनुसार पुरुष र महिला दुवै अन्तर्राष्ट्रिय खेलमा ढिलो बलिङ गर्ने टोलीलाई खेलकै दौरान जरिवाना गरिनेछ ।
आईसीसीको ओभररेट नियमअनुसार फिल्डिङ गरिरहेको टोलीले अन्तिम ओभरको पहिलो बल पारी अन्त्य हुने समयमा फालिसकेको हुनुपर्नेछ । अन्यथा सो टिमले ३० यार्ड बाहिर ४ जना मात्र फिल्डरलाई राख्न पाउनेछ । टी-२० मा आईसीसीले एक पारी १ घण्टा १५ मिनेटभित्र समाप्त गर्नुपर्ने नियम बनाएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.