कञ्चनपुरमा एमालेको १० बजेबाट मतगणना सुरु हुने

नेकपा(एमाले) कञ्चनपुरको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा ४९९ मतदाता मध्ये ४७० जनाले मतदान गरेका छन । मंगलवार साँझ ५ बजे देखि जारी मतदानको कार्य बुधवार विहान २ बजेर ५८ मिनेटमा सकिएको छ ।

निर्वाचन कमिटिका सदस्य दीपक भण्डारीका अनुसार निर्वाचनमा १५ जना मतदाता अनुपस्थीत रहे भने १४ जना आयोजक कमिटिका प्रदेश पदाधिकारीले मतदान गर्न पाउनु भएन । मत गणनाको कार्य आज बिहान १० बजे देखि पार्टी कार्यालयमा शुरु हुने उहाँले बताउनु भयो ।

पुस २३ र २४ गते  उद्घाटन समारोह सम्पन्न गरेर २५ गतेदेखि सुरु भएको बन्दसत्रमा सहमतिको प्रयास गरिए पनि सहमति नभएपछि पुस २७ गते मंगलवार वेलुका ५ बजेबाट मतदान सुरु भएको थियो । अध्यक्ष पदका लागि बीर बहादुर थापा ९पातल० र सुरेन्द्र बिष्टले अलग अलग प्यान बनाएर चुनावी मैदानमा उत्रिनु भएको छ ।  विष्ट भीमदत्त नगरपालिकाका नगर प्रमुख हुन । थापा माओवादी केन्द्र छाडेर एमाले आएपछि अध्यक्ष बनेका हुन ।

अध्यक्षका उम्मेदवार विष्ट समूहबाट उपाध्यक्षमा लक्ष्मी बुढा, सचिवमा पल्लबराज भट्ट तथा उपसचिवमा फैरु तामाङ र कर्णबहादुर चन्द र थापा समूहबाट उपाध्यक्षमा महेश चन्द, सचिव अशोक चन्द र उप सचिवमा शेर बहादुर चन्द उम्मेदवारका रुपमा रहनु भएको छ । थापा समुहबाट उप सचिव पदमा उम्मेदवारी दिएका इश्वरा कुवँरको उम्मेदवारी भने रद्द भएको छ ।

उहाँको मापदण्ड नपुगेपछि उम्मेदवारी रद्द भएको निर्वाचन समितिले जनाएको छ । एमाले पदाधिकारीका लागि दुई कार्य समितिमा बस्नुपर्ने  प्रावधान रहेको छ । पाँच जना पदाधिकारी सहित १२० सदस्य चयनका लागि निर्वाचन भएको हो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.