नेपालका कुनै पनि खेलका खेलाडी विश्व वरीयताको शीर्ष स्थानमा पुगेको यो पहिलो अवसर हो।
यस अर्थमा १८ वर्षीय ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालले नेपाली खेलकुदमा एउटा सुनौलो इतिहास कोरिसकेका छन्।
विश्व ब्याडमिन्टन महासङ्घ (बीडब्ल्यूएफ) ले बुधवार जारी गरेको खेलाडीहरूको वरीयतामा उनी जुनियर एकल खेलाडीतर्फ (१९ वर्षमुनि ) शीर्ष स्थानमा पुगेका हुन्।
गत वर्ष विश्व वरीयताको तेस्रो स्थानमा उक्लिँदा नै उनको चर्चा व्यापक भएको थियो।
“यो ठाउँमा पुग्ने मेरो लक्ष्य थियो, आज पूरा भयो,” प्रिन्सले प्रसन्नता व्यक्त गर्दै भने, “अब यसलाई कायम राख्न मेहनत गर्नेछु।”
Comments are closed.