बझाङको साइपाल गाउँपालिकालगायत  ग्रामीण बस्तीमा हिमपात

लगातार हिमपात भइरहेका कारण विद्यालय बन्द

बझाङको साइपाल गाउँपालिकालगायत  ग्रामीण बस्तीमा हिमपात सुरु भएको छ । हिमपातका कारण साइपाल गाउँपालिकामा कार्यरत कर्मचारी प्रहरुराम डगौरा लडेर घाइते भएका छन् । महेन्द्रनगर घर भएका डगौरा साइपाल गाउँपालिकाको काँडा भन्ने ठाउँमा जाने क्रममा पानलोटे भन्ने ठाँउमा हिउँमा चिप्लिएर लड्दा घाइते भएको साइपाल गाँउपालिकाका अध्यक्ष राजेन्द्रबहादुर धामीले बताउनु भयो ।

डगौराको दाँया खुट्टामा चोट लागेको छ । यातायातको सुविधा नभएका कारण आठ जना भरिया बनाएर डगौरालाई सदरमुकामतर्फ ल्याउने तयारी भइरहेको धामीले जानकारी दिनु भयो । 

साइपाल गाउँपालिकालगायत अन्य ग्रामीण बस्तीमा हिमपात सुरु भएको छ । हिमपात भएपछि स्थानीय घरबाहिर निस्कन सकेका छैनन् भने पशु, चौपायासमेत गोठमा नै थुनिएका छन् ।

हिमपातले गर्दा एउटा गाउँबाट अर्को गाँउ जान नसकेको साइपाल गाउँपालिकाका वसन्त बोहराले बताउनु भयो । लगातार हिमपात भइरहेका कारण गाउँपालिकाका आठ वटा विद्यालय बन्द हुने गाउँपालिका अध्यक्ष धामीले बताउनु भयो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.