राष्ट्रिय वाणिज्य बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरमा मुद्दतिमा व्यक्तिगत तर्फ ९.२५ र संस्थागत रुपमा ८.५० प्रतिशत रहेको छ ।
यस्तै बचत तर्फ ६ प्रतिशतसम्म ब्याज रहेको छ । बैंकले स्वदेशी तथा विदेशी मुद्रा बचतमा फरक फरक ब्याजदर रहेको छ । बैंकले कर्जाको ब्याजदर पनि सार्वजनिक गरेको छ ।
बैंकको मंसिर महिनासम्म आधार दर ६.७९ प्रतिशत रहेको छ । बैंकबाट कर्जा लिँदा १२.१९ प्रतिशत ब्याज लाग्ने छ ।
अन्य बैंक भन्दा राष्ट्रिय वाणिज्य बैंकको ब्याजदर निकै कम रहेको छ । बैंकबाट सेयर धितो कर्जा। मोर्टगेज कर्जा, सुन कर्जा, व्यक्तिगत कर्जा लिँदा १२.१९ प्रतिशत ब्याज लाग्ने बैंकले जनाएको छ ।
यस्तै बैंकबाट हायर पर्चेज कर्जा, कर कर्जा लिँदा ११.६९ प्रतिशत ब्याज लाग्ने छ । बैंकका अनुसार गाडी कर्जा १०.७९, विद्युतीय सवारी साधन कर्जा ८.७९, शैक्षिक कर्जा १०.१९ प्रतिशत ब्याज लाग्ने छ ।
Comments are closed.