दक्षिण कोरिया फिफा विश्वकपमा छनोट

एसियाली राष्ट्र दक्षिण कोरिया आगामी नोभेम्बर-डिसेम्बरमा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि छनोट भएको छ ।

विश्वकपको एसियाली छनोटअन्तर्गत तेस्रो चरणको खेलमा मंगलबार सिरियालाई २-० ले हराउँदै दक्षिण कोरियाले लगातार दशौँ पटक विश्वकपमा स्थान पक्का गरेको हो ।

सन् १९५४ मा पहिलो पटक विश्वकप खेलेको दक्षिण कोरियाले सन् १९८६ देखि भने लगातार ९ पटक विश्वकप खेलिसकेको छ । सन् २००२ मा घरेलु मैदान र जापानमा भएको विश्वकपमा सेमिफाइनल पुग्नु दक्षिण कोरियाको सबैभन्दा उत्कृष्ट नतिजा हो ।

तेस्रो चरणको समूह ए को खेलमा दक्षिण कोरियालाई जित दिलाउन किम जिन सु र क्वोन चाङ होनले एक एक गोल गरे । ५३ औं मिनेटमा किम र ७१ औं मिनेटमा क्वोनले गोल गरेका थिए ।

जितपछि ८ खेलबाट २० अंक जोडेको दक्षिण कोरिया दोस्रो स्थानमा छ । यसअघि नै शीर्ष स्थानको इरान विश्वकपमा छनोट भइसकेको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.