भाग १ जयपृथ्वी मानवतावाद दर्शन

मानवतावादी जयपृथ्वीको ब्यक्तित्व तथा कृतित्व बारे मैले क्रमश ः बि. स.२०३५, २०५५ र २०७३ सालमा प्रकाशित गरेका पुस्तकहरुको प्रतिक्रिया स्वरुप बिभिन्न लब्ध प्रतिष्ठित प्रबुद्ध ब्यक्तिहरुद्धारा पत्र पत्रिकादिमा प्रकाशित (जयपृथ्वी मानवतावाद दर्शन ) धारणाहरु आम स्रोता र पाठकको जानकारीका लागि क्रमिक रुपमा फेशबुकमा प्रस्तुत गर्ने लक्ष्यका साथ यो क्रम चालिएको ब्यहोरा अनुरोध छ । फेशबुकमै प्रतिक्रियाको अपेक्षा राखेको छुं ।
मानवतावादी जयपृथ्वीको जीवन व्यक्तित्व एवं कृतित्व बारे पहिलो प्रकाशन (२०३५ तथा २०५५) देखि विभिन्न पत्रपत्रिकादिमा प्रकाशित हुन आएका मन्तव्य, समीक्षा तथा लेख अभिव्यक्तिहरूः–
(१) राष्ट्रको महत्ता भौगोलिक क्षेत्रफलमा होइन, त्यस राष्ट्रको मानसिकतामा हुन्छ । सानो राष्ट्र पनि प्रस्फुरित र उद्दीप्त मानसिकताले विशाल र व्यापक बन्दछ । हाम्रो नेपाल राष्ट्रलार्ई व्यापकता प्रदान गर्ने महान व्यक्तित्व जयपृथ्वी पनि हुन् । उनले देशलार्ई मात्र होइन, विश्वलार्ई पनि केहि दिने कोसिस गरे । निहित र तुच्छ स्वार्थबाट माथि उठी हामीलार्ई आदर्श पाठ सिकाए । यहाँ मेरो उद्देश्य राजा जयपृथ्वीबहादुर सिंह जस्ता महान व्यक्तित्वका सबै पक्षको मूल्याङ्कन गर्नु वा यस पुस्तकको विवेचना गर्नु रहेको छैन, बरु यस्ता महान् व्यक्तित्वमा श्रद्धाको एउटा पूmलको थुंगा चढाउनु रउनको जीवनी नेपाली पाठक समक्ष ल्याउने यस पुस्तकका लेखक उत्तमबहादुर सिंहलार्ई साधुवाद प्रकट गर्नामा मात्र सीमित रहेको छ ।
– मन्तव्य, डा. वल्लभमणि दाहाल
सह–प्राध्यापक त्रि.वि.वि. २०३५ चैत्र (कीर्तिपुर)
सन्दर्भ, नयाँ कृति–मानवतावादी राजा जयपृथ्वीबहादुर सिंह
(२)जयपृथ्वीबहादुर सिंहको नाम गोरखापत्रको इतिहाससँग जोडिएको छ । वि.सं. १९५८ साल बैशाख २४ गते देवशमशेरको प्रधानमन्त्रीत्वकालमा गोरखापत्रको विधिवत जन्म हुँदा पहिलो प्रधान सम्पादक र तैनाथवाला सञ्चालकको रुपमा राजा जयपृथ्वीबहादुर सिंहको योगदान महत्वपूर्ण रहन गएको छ । प्रस्तुत पुस्तकमा राजा जयपृथ्वीका जीवनीसँग सम्बन्धित अनेक घटनाक्रमलार्ई संगाली ८३ पृष्ठको अंग्रेजी भाषामा परिशिष्टाङ्क पनि समावेश गरिएको छ । यसमा उनले आफ्नो मानवतावादी भावनाको विकास राम्रोसँग गरेका प्रमाणहरू पाइन्छ । उनका विचारहरूको संकलन गरिएको यस पुस्तकलार्ई निरुपण गरी हेर्दा उनको प्रतिभाशाली व्यक्तित्वलार्ई अगाडि ल्याउनमा लेखकले निकै मेहनत गरेको देखिन्छ । राजा जयपृथ्वीका संकलित विचारहरू आजको हाम्रो समाजको लागि निकै उपयोगी देखिन आउँछ । यसबाट उनको स्वतन्त्र चिन्तन र वैयक्तिक अभिव्यक्ति निकै सशक्त रुपमा झल्केको देखिन्छ ।
– पुस्तक समीक्षक (केदार शाक्य)
गोरखापत्र, २०३६ बैशाख १ गते, काठमाडौं

(३) दुर्गम पर्वतीय क्षेत्र रहेको आजको निकै पछौटे बझाङ्गका उद्यमी युवक उत्तम बहादुर सिंहले निकै परिश्रम र खोजतलास गरी तयार पार्नु भएको यो शोध कार्य जयपृथ्वीबहादुर सिंह बारे पहिलो विस्तृत परिचय ठहरिएको छ ।
चन्द्र शम्शेरका ज्वाँइ तथा बझाङ्गी राजा जयपृथ्वीबहादुर सिंह भारतका विख्यात वामपन्थी नेता मानवतावादी एम.एन. रायका निकट मित्र थिए र रायको मित्रता र प्रभावबाट नै उनी मानवतावादी भागमा अग्रसर भएका थिए । जयपृथ्वीबहादुर शिक्षा, मानव सम्मान तथा स्वाधीनतामा विश्वास गर्ने धर्मवादी व्यक्तित्व थिए । त्यसरुपमा उनी आफ्नो समयभन्दा अग्रणी नेपाली थिए ।
श्री उत्तम सिंहको प्रस्तुत प्रयास प्रारम्भिक भएकोले थप काम गर्नु पर्छ नै तथापि यो पुस्तकले आजभन्दा सवासय बर्ष भन्दा पनि पहिलेको बझाङ्गको सामाजिक, आर्थिक अवस्था बारे केही मार्मिक सूचनाहरू दिएको छ । यस्ता पुस्तकहरूबाट समेत मध्य युगीय नेपालको सामाजिक संरचनालार्ई आज बुझ्न निकै नै सहायता दिन्छ ।
– “सुधांशु”
(२०३६ बैशाख १४ को समीक्षा पत्रिकाबाट उद्यृत)

(४)श्री जयपृथ्वीबहादुर सिंह बझाङ्ग राज्यका रजौटा, प्रधानमन्त्री जंगबहादुरकी छोरी तर्पmका नाति अथवा प्रधानमन्त्री चन्द्र शम्शेरको छोरी ज्वाइँ भएर चर्चित हुन आएका होइनन् । उनलार्ई चर्चित बनाएको त उनको शिक्षा प्रसार तर्पmको प्रगाढ रुचि, नेपाली भाषा, साहित्य प्रतिको उनको अगाध प्रेम र उनले मानवतावादका लागि आफ्नो जीवनको अन्त्यसम्म पनि गरेका सेवा आदिले नै हो ।
नेपाली भाषा साहित्यको र शिक्षाको त्यस समयको निराशापूर्ण स्थितिमा प्रकाश बनेर सबैलार्ई बाटो देखाउन खोज्ने जयपृथ्वीबहादुरले नेपालको इतिहासमा राष्ट्रिय विभूतिको स्थान ओगटेको छ ।
मिति ः २०३६ भदौ ७ गते, गोरखापत्र – केशवराज पिंडाली

(५) २०३६ भाद्र ७ गते कवि तथा नाटककार बालकृष्ण समको अध्यक्षतामा गठित जयपृथ्वी सतवार्षिक समारोह समितिबाट जयपृथ्वी
श्रद्धाञ्जली विशेषाङ्क (२०३७) मा विभिन्न विद्वान लेखकहरूबाट मानवतावादी जयपृथ्वी बारे प्रकाशित लेखहरूबाट उद्यृत (मुख्यांश) मन्तव्य यसप्रकार प्रस्तुत छ–
“कलात्मक आचरण एवं व्यावहारिकता–
राजा जयपृथ्वीबहादुर सिंह, त्यस्ता एक नेपाली सपूत थिए, ई.सं. १९३३ तिर गोरखापत्रको सम्पादक भएको त्यसको अन्ततिर मात्र, बझाङ्गी राजाको रुपमा मैले उनीलार्ई व्यक्तिगत रुपमा चिनेको हो, जसमा मानवीय गुणको कलात्मक आचरण थियो ।
मानिसलार्ई यथार्थरुपमा, विश्वास गर्ने व्यक्तिलार्ई मानवतावादी भन्दछन्, मानिस सबै समान हुँदैनन् । कोही धनले ठूला हुन्छन् भने कोही विद्या र शक्तिले एवं कोही संयमले, तापनि “मानवतावादी” मानिसहरुलाई
एकै खालको मान्दछ, किनभने तिनका व्यक्तित्व एकै किसिमका हुन्छन् ।
स्वर्गीय राजा मानववादी गुणका दिगदर्शक हुन्, जीवनभरी मानववादी धारणा लिई रहे, अन्त्यसम्मन् पनि सोही भावना लिएर परमात्मामा मिलेर गए ।”
– सम्माननीय बालकृष्ण सम
(सदस्य, राजसभा स्थायी समिति)
(६) “राजा जयपृथ्वी हाम्रा सचेत अग्रणी–
मानववादी अभियान जयपृथ्वीको प्रबुद्ध र कर्मण्य जीवनको अन्तिम परिच्छेद हो ।त्यस समयमा एक नेपाली रजौटालेविश्वलाई
मार्ग दर्शन गर्नसक्ने आत्मसंकल्प लिनु र यूरोप–अमेरिका लगायतको विश्व–चेतनालार्ई आफ्ना बिचार, संगठन कौशल र कार्यद्वारा स्पर्श
गर्नसक्नु चानचुने कुरा नभई अति महत्वपूर्ण घटना हो । निशस्त्रीकरणको आव्हान, युद्धका विरुद्ध विश्वशान्तिको आव्हान तथा मानवता र विश्व–भ्रातृत्वको भावना समेत सम्वद्र्धन गर्ने यी आँट, यो बैचारिक दूरदृष्टि तथा यी संगठनात्मक कौशल, यी प्रभावकारिता जयपृथ्वीको व्यक्तित्व र विवेक तथा कर्मठताको उज्वल संकेत सिद्ध हुन्छ । उनलार्ई “नयाँ बुद्ध” वा “दोस्रो बुद्ध” भनी त्यतिखेरका दूरद्रष्टाहरूलेजो उपमा दिए त्यो सान्दर्भिक नै अनुभव हुन आउँछ ।”
– डा.बासुदेव त्रिपाठी

(७) “नेपाली पत्रकारितातर्पm राजा जयपृथ्वीको देन–
मानवतावादको दर्शनलार्ई अंगालेर विश्वमा नै वैचारिक परिवर्तन ल्याउनमा तथा विश्व–शान्ति र विकासका बीचको अन्तरनिहित सम्बन्धको बोध गरी मानव मात्रको हितका लागि जीवन अर्पण गर्ने राजा जयपृथ्वीले देश विकासका निम्ति आम–संचारको महत्वलार्ई छर्लङ्ग बुझेका थिए । प्रत्येक देशका जनतासँग सम्पर्क राख्न सक्नु पर्दछ, जसमा हामीले हरसम्भव साधनद्वारा शान्ति र एकताको आवश्यकतालार्ई उनीहरूका कालमा पु¥याई रहन सकौं भनी जोड दिएको कुरोबाट पनि प्रष्ट हुँदैछ ।
पत्रकारिताको इतिहासमा राजा जयपृथ्वीलार्ई एक मार्ग प्रदर्शक सम्पादकको रुपमा हामी पाउँदछौं । कला र शिल्प दुवैको रुपमा पत्रकारिताले जीवन दर्शनलार्ई आम–जनता समक्ष स्पष्ट–सरल, सहज भाषामा ल्याउन सकिन्छ र यसरी पनि ठूलो मानव सेवागर्न सकिन्छ भन्ने तथ्य कुरालार्ई कार्यरुपमा परिणत गरी अनुकरणीय उदाहरण पेश गरेर पत्रकारितालार्ई मानवतावादका निम्ति सफल प्रयोग गर्ने पहिलो नेपाली राजा जयपृथ्वी नै थिए ।”
– लाल देउसा राई

(८) “दोस्रो गौतम बुद्धका रुपमा राजा जयपृथ्वीबहादुर सिंह–
६३ वर्ष चानचुन दिन यस पृथ्वीमा बसेर जुन दिन दिग्विजय प्राप्त गरे त्यो हेर्दा उनको नाम जयपृथ्वीबहादुर सिंह भन्ने सार्थक हुन गएको छ । जसको निधनमा मद्रासको प्रसिद्ध हिन्दू अंग्रेजी पत्रिकाले “दोस्रो गौतम बुद्धको मृत्यु भयो” भनेर टिप्पणी उल्लेख गरेको पाइन्छ ।
जयपृथ्वी उन्मुक्त पक्षी थिए । उनले सुनको पिंजरामा नबसेर आकाशको विशाल छातीमा पखेटा तानेर उडी पृथ्वी माथि मानवताको जयगान गरे । अन्तरिक्ष शान्ति, वातावरण शान्ति, जलधारा शान्ति र पृथ्वी शान्ति गर्न जयपृथ्वीबहादुर सिंहले गरेको सिंहनाद संसारले सुनेर कार्यान्वयन गर्न उनको पुरानो मानवतावादी क्लवको भाषणहरूलार्ई श्रवण, मनन र निदिध्यासन गर्नु पर्छ । अहिले यिनको सिद्धान्तलार्ई पुनः जागरण गर्नुपर्ने बेला आयो । किनभने यी नेपालले जन्माएका राजकुमार सिद्धार्थ पछि राजा जयपृथ्वी मानवताका संरक्षक विश्व– भ्रातृत्वका प्रवर्तक र शान्तिका अग्रदूत हुन् ।”
–प्रा. चुडानाथ भट्टराई
आजीवन सदस्य
ने.रा.प्र्र. प्रतिष्ठान
(९)“व्यावहारिक व्यक्तित्व–
गोरखापत्रको पाँचौ अंकमा “अक्षरांक शिक्षा” को तारिफमा देवशम्शेरले “चाकरी भनेको यस्तो गर्नु” भनेर राजा जयपृथ्वीको गुणनानुवाद गरेको फेला पार्दा ऐलेसम्म बदनाम “चाकरी” शब्दको नै नयाँ परिभाषा पत्ता लागेको जस्तो लागेको थियो । देश सेवाको पर्यायवाची
रुपमा चाकरी शब्दको प्रयोग पचाउन सकिन्नथ्यो होला । तर राजा जयपृथ्वीको सन्दर्भमा भएको त्यो शब्द नै सम्मानित भएको मानेको थिएँ । व्यक्तित्वले एकजना शब्दार्थमा नै ओज थपेको थियो । राजा जयपृथ्वीलार्ई पढ्न चाहनेहरूको लागि यो ठूलो बुँदा हो । व्यावहारिक व्यक्तित्वको व्यावहारिकता ?
यस्तो व्यावहारिकता हाम्रा अरु कसैले लिनचाहेनन्, सकेनन् ।
श्री ३ लार्ई रिझाई चाँडो उन्नति गर्न मै हाम्रा बुद्धिजिवीहरू लागे । नेपालको दुर्भाग्य नै त्यही भयो । अझ दुर्भाग्यको कुरा के भने देशमा प्रजातन्त्र आएपछि पनि हाम्रो त्यो मनोवृतिमा परिवर्तन आएको छैन । जसरी हुन्छ छिटै उन्नतिको शिखरमा पुग्न मात्र हामी कसिएका हुन्छौं । “अक्षरांक शिक्षा” को लेखकले ऐजे यस्तो देख्न परेको भए के व्यावहारिकताको परिभाषा बदलिएछ भनी चुप लाग्दा हुन् ?
– कमल दीक्षित

सम्बन्धित

Leave A Reply

Your email address will not be published.