ईरानकाे राजधानी तेहरानमा एक सय ८० जना यात्रु बाेकेकाे हवाई जहाज दुर्घटना भएकाे छ । हवाई जहाजकाे प्राविधिक गडबडीका कारण दुर्घटना भएकाे बताइएकाे छ । याे दुर्घटनालाई लिएर अमेरिका–ईरानबीचकाे तनावलाई पनि जाेडिएकाे छ ।
अन्तर्राष्ट्रिय समाचार एजेन्सीका अनुसार युक्रेन अन्तर्राष्ट्रिय एअरलाइन्सकाे बाेइङ्ग ७३७ विमान ईरानकाे इमाम खामेनेई विमानस्थलमा उडान भरिसकेपछि दुर्घटनाग्रत भएकाे हाे ।
उद्धारकर्ता टाेलीलाई हवाई जहाज दुर्घटना भएकाे ठाउँमा पठाइएकाे छ । ईरानकाे आपतकालीन सेवाका प्रमुख पीरहुसैन कुलीवन्दले भने, ‘हवाई जहाजमा आगलागी भएकाे छ, सायद हामी केही यात्रीलाई बचाउन सक्छाैँ ।’
Comments are closed.