अमेरिकी सैनिक अड्डामा मिसाइल प्रहार

अमेरिकाले गरेको हवाई आक्रमणमा ईरानका सैन्य प्रमुखक कासिम सुलेमानी मारिएपछि अमेरिका–ईरान तनाव उत्कर्षमा पुगेको छ ।

अमेरिकी आक्रमणको गतिलो जवाफ दिँदै ईरानले इराकमा रहेको दुई वटा अमेरिकी सुरक्षा अड्डामा दर्जनभन्दा बढी मिसाइल प्रहार गरेको सञ्चारमाध्यमले जनाएका छन् ।

 

अमेरिकी रक्षा मन्त्रालयले भनेको छ,  ‘इराकको इरबिल र अल–अशद शहरमा रहेको दुई वटा अमेरिकी सुरक्षा अड्डामा एक दर्जनभन्दा बढी मिसाइल प्रहार भएको छ ।’ यो आक्रमणमा अहिलेसम्म कुनै हताहत भएको वा नभएको सम्बन्धमा स्पष्ट भइसकेको छैन ।

ईरानकाे सरकारी टीभीमा देखाइएकाे मिसाइल आक्रमणकाे फुटेज ईरानकाे सरकारी टीभीमा देखाइएकाे मिसाइल आक्रमणकाे फुटेज

अमेरिकी राष्ट्रपति कार्यालय व्हाइट हाउसका प्रवक्ता स्टेफनी ग्रिशमले एक बयानमा भने, ‘इराकमा रहेको अमेरिकी सैनिक अड्डामा आक्रमण भएको अबर प्राप्त भएको छ । राष्ट्रपतिले स्थितिको बारेमा भनिएको छ । हामी यो स्थितिलाई निगरानी गरिरहेका छौँ र राष्ट्रिय सुरक्षा टिमसँग सल्लाह गरिरहेका छौँ ।’

ईरानको सरकारी न्युज एजेन्सी इरनामा जारी गरिएको एक बयानमा रिभोल्युशनरी गार्डले भनेको छ, ‘हामी अमेरिका र उसका सहयोगीलाई चेतावनी दिँदै भन्छौँ– ईरानविरुद्ध कहीँ कतैबाट आक्रमण हुन्छ भने हामी त्यसलाई निसाना बनाउँछौँ ।’

पहिला अल–अशदमा रहेको अमेरिकी सैनिक अड्डामा आक्रमण भएको थियो, त्यसपछि इरबिलमा आक्रमण भएको हो ।

ईरानी सरकारी सञ्चारमाध्यमहरुले यो आक्रमण सुलेमानीको हत्याको बदला लिन गरिएको बताएका छन् । गएको शुक्रबार अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको आदेशमा बगदादमा ड्रोन आक्रमणमार्फत् सुलेमानीको हत्या गरिएको थियो ।

सम्बन्धित

Comments are closed.