आलु, गोलभँेडा खेतीमा डढुवा रोगको सङ्क्रमण भई नष्ट

वर्षापछिको शीतलहरसँगै लामो समयसम्म भएको चिसो मौसमका कारण कैलाली र कञ्चनपुर जिल्लाको आलु, गोलभँेडा खेतीमा डढुवा रोगको सङ्क्रमण भई नष्ट हुन थालेको छ।

बालीमा डढुवाको सङ्क्रमण फैलिएर बाली नष्ट हुन थालेपछि किसान चिन्तित बनेका छन् । कैलालीका किसान नारायण चौधरीले डढुवाको समस्याले आलु र गोलभेँडा बाली नोक्सान पु¥याएको गुनासो गर्नु भयो । उहाले पाँच कठ्ठामा आलुखेती गरिएको बताउदै अहिले चिसोका कारण रोग लागेर नोक्सान पु¥याएको बताउनु भयो ।

कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख रामचन्द्र भट्टले थौरै जग्गामा खेती गर्ने किसानको आलु र गोलभेँडामा डढुवाको सङ्क्रमण फैलिई नोक्सान पुगेको भए पनि ठूलो क्षेत्रफलमा व्यावसायिक खेती गर्नेको बालीमा त्यति क्षति नपुगेको बताउनु भयो ।

ढुसीनाषक विषादी छर्केर बाली बचाउने ज्ञान भएका किसानको बाली जोगिएको बताउदै उहाले विषादी नछर्किनेहरुको बालीमा डढुवाको सङ्क्रमण देखिँदा नोक्सान भएको बताउनु भयो । रातिको तापक्रम तीन डिग्री सेल्सियसभन्दा तल जाने र आद्रता बढ्न गई शीत पर्ने अवस्थाको चिसो मौसममा सुषुुप्त अवस्थामा रहेको ढुसी सक्रिय हुन गई डढुवाको सङ्क्रमण देखिने गरेको कृषि प्रविधिकको भनाइ छ । डढुवा रोगले गोलभेँडाको तुलनामा आलुबालीमा बढी नोक्सान पु¥याएको छ ।

डढुवा रोगका कारण यी दुवै जिल्लाको झण्डै १५ प्रतिशत आलु र गोलभेँडा बालीमा नोक्सान पु¥याएको बताइएको छ ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता खगेन्द्रप्रसाद शर्माले डढुवाको सङ्क्रमणबाट आलु र गोलभेँडा बाली जोगाउन क्रिनोक्सिल, मेटाल्याक्सिल समूहको विषादीका साथै एक्रोप्याट वा सेन्टिन प्रतिलिटर पानीमा डेढ ग्राम मिसाएर बनाइएको झोल एक हप्ताको फरकमा छर्किनुपर्ने सुझाव दिनु भयो ।

टिप्न तयार भइसकेको आलु र गोलभेँडा बालीको हकमा भने यो विषदी छर्किनु नपर्ने उहाको सल्लाह छ । कैलाली जिल्लामा पाँच हजार दुई सय ३० हेक्टर र कञ्चनपुर जिल्लामा एक हजार ५ सय हेक्टर जग्गामा हिउँदे आलु खेती गर्ने गरिएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.