प्रधानमन्त्री शेरबहादुर देउवासँग चीनका विदेश मन्त्री वाङ यीको शिष्टाचार भेटवार्ता

 

 प्रधानमन्त्री शेरबहादुर देउवासँग चीनका विदेश मन्त्री वाङ यीले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा आज एक घण्टा भएको भेटमा उहाँहरुबीच द्विपक्षीय आपसी हितका विषयमा कुराकानी भएको परराष्ट्रमन्त्री डा.नारायण खड्काले जानकारी दिनुभयो ।भेटमा नेपाल र चीनबीचको सम्बन्ध पुरानो तथा मैत्रीपूर्ण रहेको, अन्तर्राष्ट्रिय मञ्चमा दुवै देशले एकअर्काका चासो र हितका विषयमा समर्थन गर्नेलगायत विषयमा कुरा उठान भएको उहाँले बताउनुभयो ।

चीनसँगको नेपालको व्यापार घाटा, चीनसँगका तातोपानी र रसुवा नाका सञ्चालन गर्ने, चीनमा अध्ययनरत नेपाली विद्यार्थीको अध्ययन कोभिड–१९ का कारण पूरा हुन नसकेको अवस्थामा त्यसलाई सहजता बनाउनेलगायत विषयमा पनि दुवै पक्षबीच छलफल भएको थियो ।पोखरा विमानस्थलमा चीनको ऋण सहयोगमा चिनियाँ पक्षले सम्पन्न गरेको प्राविधिक पक्षको काम नेपाललाई हस्तान्तरण समेत गरिएको छ । दुवै देशका परराष्ट्रमन्त्रीबीच आजै द्विपक्षीय वार्तापछि पारस्परिक सहयोग अभिवृद्धि गर्नेसम्बन्धी नौ वटा समझदारीमा हस्ताक्षर पनि भएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.