मैत्रीपूर्ण फुटबलमा नेपाली राष्ट्रिय फुटबल टोली थाइल्यान्डको चोनबरी एफसीसँग पराजित

 

 मैत्रीपूर्ण फुटबलमा नेपाली राष्ट्रिय फुटबल टोली थाइल्यान्डको चोनबरी एफसीसँग पराजित भएको छ । थाइल्यान्डमा आज भएको मैत्रीपूर्ण फुटबलमा नेपाली टोली चोनबरीसँग तीन–एक गोलले पराजित भयो । पहिलो हाफमा एक गोल गरेको चोनबरीले दोस्रो हाफमा अरू दुई गोल गर्‍यो । नेपालका लागि ८३ औँ मिनेटमा दर्शन गुरुङले एक गोल गरे ।
यसअघि थाइल्यान्डसँग भएको मैत्रीपूर्ण फुटबलमा नेपाल दुई–शून्य गोलले पराजित भएको थियो । एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेलअघि नेपाल मैत्रीपूर्ण फुटबल खेल्न थाइल्यान्ड पुगेको हो । एसियन कप छनोटमा नेपाल रहेको समूह ‘ए’ मा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.