आईपीएल क्रिकेटमा आज हैदराबाद र राजस्थान खेल्दै

इन्डियन प्रिमियर लिग आईपीएल टी–२० क्रिकेटमा आज सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स खेल्दैछन् ।

खेल बेलुका पौने आठ बजे पुणेमा सुरु हुनेछ ।

आईपीएल क्रिकेटमा हिजो भएको खेलमा नयाँ टोली गुजरात टाइटन्सले लखनउ सुपर जाइन्टलाई ५ विकेटले हराउँदै विजयी सुरुवात गरेको छ । गुजरात र लखनउ आईपीएलमा नयाँ थपिएका टोली हुन् ।

आईपीएलमा यसपालि १० टोली सहभागी छन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.