इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज दुई वटा खेल हुँदै

 

 इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् ।आजको पहिलो खेलमा साविक विजेता चेन्नई सुपर किङ्ग्स र सनराइजर्स हैदराबाद दिउँसो पौने चार बजे खेल्दैछन् ।खेल मुम्बईमा हुनेछ । चेन्नईले अघिल्ला तीन खेलमा हार बेहोरेको छ । अङ्क जोड्न नसकेको चेन्नई आठौँ स्थानमा छ ।

त्यस्तै अघिल्ला दुई खेलमा पराजित हैदराबाद पुछारमा छ । अर्को खेलमा आज बेलुका पौने ८ बजे रोयल च्यालेञ्जर्स बेङ्ग्लाेर र मुम्बई इन्डियन्स खेल्दैछन् । खेल पुणेमा हुनेछ ।बेङ्ग्लाेरले तीन खेलमा दुईमा जितसहित ४ अङ्क जोडेको छ । मुम्बई अघिल्ला तीन खेलमा पराजित हुँदै अङ्क तालिकाको नवौँ स्थानमा छ । आईपीएल क्रिकेटमा गएराति भएको रोमाञ्चक खेलमा गुजरात टाइटन्सले पञ्जाब किङ्ग्सलाई ६ विकेटले हराउँदै तेस्रो जित निकालेको छ।

सम्बन्धित

Comments are closed.