जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको नियमित सेवा आशिंक रुपमा स्थगित हुने

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको नियमित सेवा आशिंक रुपमा स्थगित हुने भएको छ । आसन्न स्थानीय तहको निर्वाचनका लागि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका कर्मचारीहरु पनि मतदान केन्द्रहरुमा खटिई जानु पर्ने भएकाले जिल्ला प्रशासन कार्यालय कञ्चनपुरबाट प्रदान हुदै आइ रहेका सेवा मध्ये नागरिकता प्रमाणपत्र, नाबालिक परिचयपत्र, पेन्सन, राष्ट्रिय परिचयपत्र, राहदानी तथा अन्य सिफारिस सम्बन्धि कार्य यही वैशाख २७ गतेदेखि ३० गतेसम्म स्थगित गरिएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जारी गरेको सुचनामा उल्लेख गरिएको छ ।

सम्बन्धित

Comments are closed.