मष्टा गाउँपालिका अध्यक्ष र उपाध्यक्षसहित ६ वटा वडामा गठबन्धनका तर्फबाट कांग्रेस विजयी

बझाङको मष्टा गाउँपालिका अध्यक्ष र उपाध्यक्षसहित ६ वटा वडामा गठबन्धनका तर्फबाट कांग्रेस विजयी भएको छ । अध्यक्षमा कांग्रेसका ज्ञानबहादुर बोहरा, उपाध्यक्षमा माओवादीका हर्कबहादुर धामीसहित ६ वडामा गठबन्धन विजयी भएको हो । अध्यक्ष पदका उम्मेदवार ज्ञानबहादुर बोहराले ३०८३ मत प्राप्त गर्नु भयो ।

 उहाका प्रतिस्पर्धी नेकपा एमालेका दिपक रोकायाले २३३७ मत पाउनु भयो । बोहरा २०७४ सालको स्थानीय तह चुनावमा नेकपा एमालेका कर्ण कठायतसँग पराजित हुनु भएको थियो । यस्तै गाउँपालिका उपाध्यक्षमा हर्कबहादुर धामीले नेकपा एमालेका उम्मेदवार शर्मीला रोकायालाई ४८७ मतले पछि पार्दै विजयी हुनु भएको हो । उहाले २ हजार ८ सय १७ मत प्राप्त गर्नु भयो भने शर्मीलाले २३३० मत ल्याउनु भयो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.