वेदकोट नगरपालिकाका नव निर्वाचित नगर प्रमुख र उपप्रमुखले कार्यभार सम्हाले,

कार्यपालिकाको पहिलो बैठक समेत सम्पन्न

कञ्चनपुरको वेदकोट नगरपालिकाका नव निर्वाचित जनप्रतिनिधीहरुलाई प्रमाणपत्र वितरण गरिएको छ । साथै वेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहरा र उपप्रमुख तुलसी देवी जोशीले पदभार ग्रहण गर्दै कार्यभार समेत सम्हाल्नु भएको छ ।

 

 शुक्रवार एक कार्यक्रमका बीच पदभार ग्रहण पश्चात कार्यपालिकाको पहिलो बैठक समेत बसेको छ । उक्त कार्यपालिकाको पहिलो बैठकले २ वटा निर्णय गरेको छ । पहिलो निर्णयमा वेदकोट नगरपालिकाका निवर्तमान पदाधिकारीहरुलाई धन्यवाद दिने निर्णय गरेको छ । यस्तै दोस्रो निर्णयमा स्थानीय तहको निर्वाचन २०७९ मा खटिएका निर्वाचन अधिकृत, राष्ट्रसेवक कर्मचारी, मतदाता लगायतलाई धन्यवाद दिने निर्णय गरेको कञ्चनपुरको वेदकोट नगरपालिकाका सुचना अधिकारी केशव दत्त भट्टले शुक्लाफाँटा एफ्.एमलाई जानकारी दिनु भयो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.