एसिया छनोटमा नेपाली महिला टोली यूएईविरुद्ध ८ रनमा अलआउट ।

नेपाल ८ रनमा अलआउट

मलेसियामा भइरहेको आईसीसी यू(१९ टी(२० विश्वकप एसिया छनोटमा नेपाली महिला टोली यूएईविरुद्ध ८ रनमा अलआउट भएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ८।१ ओभर क्रिजमै टिक्दै जम्मा ८ रनमै अलआउट भयो । नेपालका लागि स्नेहा महराले बनाएको ३ रन नै व्यक्तिगत उच्च रह्यो । कप्तान कृतिका मरासिनीसहित ६ खेलाडीले खातासमेत खोल्न सकेनन् ।

यूएईका लागि माहिका गौरले घातक बलिङ गर्दै ४ ओभरमा २ मेडन राखेर मात्र २ रन खर्चँदै सर्वाधिक ५ विकेट लिइन् । यस्तै इन्धुजा नन्दकुमारले ३ विकेट लिइन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.