नीति तथा कार्यक्रम प्रदेश सभाको बैठक आज अपराह्न चार बजे…..

सुदूरपश्चिम र मधेश सरकारले आज नीति तथा कार्यक्रम सार्वजनिक गर्दै

सुदूरपश्चिम र मधेश प्रदेश सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै छ ।

आर्थिक वर्ष २०७९र८० का लागि नीति तथा कार्यक्रम ल्याउन दुवै प्रदेश सभाको बैठक आज अपराह्न चार बजे आह्वान गरिएको छ ।

मधेश प्रदेशको नीति तथा कार्यक्रम प्रदेश प्रमुख हरिशंकर मिश्रले तथा सुदूरपश्चिम प्रदेश सभाको नीति तथा कार्यक्रम प्रदेश प्रमुख देवराज जोशीले प्रदेश सभामा प्रस्तुत गर्ने कार्यक्रम छ ।

दुवै प्रदेश सरकारले नीति तथा कार्यक्रममा कृषि, शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्राथमिकतामा राखेका छन् । नीति तथा कार्यक्रमको आधारमा नै बजेट ल्याउने गरिन्छ । प्रदेश सरकारले हरेक वर्ष असार १ गते बजेट प्रस्तुत गर्ने व्यवस्था छ ।

सम्बन्धित

Comments are closed.