दक्षिण अफ्रिकासँग भारत घरेलु मैदानमा पराजित

टी–२० क्रिकेटमा दक्षिण अफ्रिकाले हराएको छ। पाँच श्रृंखलाको पहिलो टी–२० क्रिकेटमा घरेलु टोली भारतलाई दक्षिण अफ्रिकाले सात विकेटले पराजित गरेको हो। यससँगै पाँच श्रृंखलामा दक्षिण अफ्रिकाले १–० को अग्रता बनाएको छ।

दिल्लीमा भारतले दिएको २१२ रनको लक्ष्य दक्षिण अफ्रिकाले १९ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा गरेको हो। दक्षिण अफ्रीकाको जितमा रस्शी भान डेर डुसेन ७५ र डेभिड मिलर ६४ रनमा अविजित रहे। भारतका भुवनेश्वर कुमार, हर्सल पटेल र अक्षर पटेलले एक–एक विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारितओभरमा ४ विकेट गुमाएर २११ रन बनाएको थियो। भारतका इशान किशनले सर्वाधिक ७६ रन बनाए। यस्तै, श्रेयस इयरले ३६ तथा कप्तान ऋषभ पन्तले ३६ जोडे।

दक्षिण अफ्रिकाका केशव महाराज, एन्रिच नोर्किया, पर्निल र ड्वाने प्रिट्रोरियसले एक–एक विकेट लिए।

यी दुई बीचको दोस्रो टि–२० उडिसामा आगामी आइतबार हुने छ।

सम्बन्धित

Comments are closed.