अभिनेत्री नीता ढुंगानाको निर्माणमा बन्ने नेपाली फिल्म ह्रस्व दीर्घुमा तीन भारतीय कलाकार अनुबन्धित भएका छन्। चन्द्र पन्तको निर्देशनमा बन्ने फिल्ममा प्रदीप रावत, सुनील बर्मा र अलि अनुबन्धित भएका हुन्।
झण्डै चार दशकदेखि फिल्म क्षेत्रमा सक्रिय प्रदीप रावतले हिन्दीसँगै तेलुगु, तामील, भोजपुरी, कन्नडा, मलयालम, बंगाली, इंग्लिस, ओडिया भाषाका फिल्ममा अभिनय गरिसकेका छन्। ह्रस्व दीर्घ उनको पहिलो नेपाली फिल्म हुनेछ। उनका सर्फरोस, लगान, गजनी, से लगायतका फिल्म चर्चित छन्। रावत विशेषगरी खलपात्रको भूमिकामा देखिने गर्छन्।
त्यस्तै सुनील र अलि लामो समयदेखि तेलुगु फिल्ममा हाँस्य कलाकारको रुपमा काम गर्दै आएका छन्। झण्डै २ सय फिल्ममा अभिनय गरेका सुनील पछिल्लो समय पुष्पामा खलपात्रको रुपमा देखिएका थिए। खलपात्रको रुपमा देखिएको त्यो नै सुनीलको पहिलो फिल्म हो।
Comments are closed.