यार्सागुम्बा संकलन गर्ने प्रवेश शुल्क बापत हिमाली जिल्ला मुगुमा ३१ लाख ५०० रुपैँया राजश्व संकलन गरिएको छ।
पाटनमा यार्सागुम्बा संकलन गर्न जाने जिल्ला भित्रका स्थानीयवासीका लागि प्रतिव्यक्ति रु २ हजार र जिल्ला बाहिरका लागि २ हजार ५०० रुपैँया प्रवेश शुल्क निर्धारण गरिएको थियो। सो रकम मुगुमा कार्मारोङ गाउँपालिकाकाले उठाएको प्रमुख प्रशासकीय अधिकृत सुवास रावलले बताए।
यार्साबाट उठेको कुल राजश्वमध्ये २० प्रतिशत व्यवस्थापन खर्च , ४० प्रतिशत सम्बन्धित वडा कार्यालयमा र बाँकी ४० प्रतिशत गाउँपालिकामा जम्मा हुने उनले बताए। अघिल्लो वर्ष भन्दा यो पटक भारी कम मात्रामा राजश्व उठेको उनले बताए।
यार्सा माटो माथिको वनस्पति र माटोमुनिको प्राणीको टाउकोबाट पलाएको हुन्छ यसको रङ्ग कालो हुन्छ जसको टुप्पामा सानासाना प्वालहरू हुन्छन् ती प्वाल भित्र लामा लामा थैला हुन्छन् र प्रत्येक थैलामा मसिना मसिना लामा लामा बीऊ हुन्छन्। यो ढुसी झुसिल्किराको शरीरबाट खाद्य पदार्थ प्राप्त गरेर विकसित हुन्छ। यसका प्रत्येक दुई भाग हुन्छन्। जमिनमाथिको भाग यार्सा र जमिनमुनिको भाग गुम्बा हो। यो परस्पर जोडिएको हुन्छ।
विभिन्न वनस्पति सम्बन्धि पुस्तकमा यार्सागुम्बाका १०० भन्दा बढी प्रजाति रहेको उल्लेख गरिएको छ। नेपालमा पाइने यार्सागुम्बाहरूमा कोर्डिसेप्स साइनेन्सिस, कोर्डिसेप्स मिलिटरिस र कोर्डिसेप्स नुटन्स प्रमुख रहेका छन्। कोर्डिसेप्स साइनेन्सिस जातका यार्सागुम्बा नेपालका ताप्लेजुङ, संखुवासभा, दार्चुला, बझाङ, बाजुरा, जुम्ला, हुम्ला, मुगु, डोल्पा, मनाङ, सिन्धुपाल्चोक, रसुवा, दोलखालगायतका जिल्लाहरूमा पाइन्छ।
Comments are closed.