जमुनाह नाकाबाट लागुऔषध सहित ५ युवा पक्राउ

नेपाल भारतको सीमाक्षेत्र नेपालगञ्जको जमुनाह नाकाबाट ५ युवक लागुऔषधसहित पक्राउ परेका छन्।

पक्राउ पर्नेमा दाङको लमही नगरपालिका ५ का २२ वर्षीय सोनु श्रेष्ठ, २० वर्षीय विशाल कुँवर, २१ वर्षका दिवस डाँगी, २० वर्षका राजीव राय केसी र अन्दाजी २० वर्षका राजनसिंह ठकुरी रहेका जमुनाहका प्रहरी नायब निरीक्षक माधव प्रसाद रिजालले जानकारी दिए ।

उनका अनुसार दुई जनालाई ७ ग्राम र तीन जनालाई १७ ग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थसहित उनीहरुलाई आइतबार साँझ छुट्टाछुट्टै नियन्त्रणमा लिएको हो।
भारतबाट नेपाल आउने क्रममा उनीहरुको गतिविधि शंकास्पद देखिएपछि लागु औषध ब्यूरो र जमुनाह प्रहरी टोलीले चेकजाँच गरेको थियो।

चेकजाँच गर्दा दिवसले बोकेको कालो झोलामा लुकाएर राखेको अवस्थामा १७ ग्राम ब्राउन सुगर फेला परेको प्रहरी नायव निरीक्षक रिजालले बताए। स(साना पुरिया १८ वटा ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला परेको उनको भनाइ छ ।

७ ग्राम खैरो हिरोइन सोनुले बोकेको गुडियाभित्र लुकाएर ल्याइएको अवस्थामा चेकजाँचका क्रममा फेला परेको हो। बरामद लागुऔषधसहित पाँचै जनालाई आवश्यक अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा ल्याइएको छ।

 

 

सम्बन्धित

Leave A Reply

Your email address will not be published.