नेपाली बजारमा आज सुनको भाउ तोलामा १५ सयले बढेको छ।
शुक्रबार प्रतितोला ९७ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ९आइतबार० १ हजार ५ सय रुपैयाँले बढेर ९९ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यस्तै तेजाबी सुनको मूल्य भने प्रतितोला ९८ हजार ७ सय रुपैयाँ निर्धारण गरिएको छ।
त्यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ। शुक्रबार प्रतितोला १ हजार २६५ रुपैयाँ कायम भएको चाँदी आइतबार १५ रुपैयाँले बढेर १ हजार २८० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ।
Comments are closed.