भारतमाथि दक्षिण अफ्रिकाको लगातार दोस्रो जित

टी–२० सिरिजमा दक्षिण अफ्रिकाले भारतमाथि लगातार दोस्रो जित निकालेको छ।

गएराति उडिसाको कटक स्डेडियममा भएको सिरिजको दोस्रो खेलमा दक्षिण अफ्रिकाले भारतलाई ४ विकेटले पराजित गरेको हो। भारतले दिएको १४९ रनको लक्ष्य दक्षिण अफ्रिकाले ६ विकेट गुमाउदै दश बल छँदै ओभरमा पूरा गरेको थियो।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको भारतले २० ओभरमा ६ विकेट गुमाउदै १४८ रन बनाएको थियो। जितपछि ५ खेलको सिरिजमा दक्षिण अफ्रिकाले २–० को अग्रता लिएको छ।

सिरिजको तेस्रो खेल मंगलबार हुने छ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.