पाकिस्तानद्वारा वेस्ट इन्डिजविरुद्वको सिरिज ‘क्लीन स्वीप’

पाकिस्तानको घरेलु मैदानमा जारी वेस्ट इन्डिजविरुद्वको तीन खेलको एकदिवसिय सिरिज पाकिस्तानले ‘क्लीन स्वीप‘ गरेको छ। मुलतानमा आइतबार राति भएको अन्तिम एकदिवसिय खेलमा पाकिस्तान ५३ रनले विजयी भएसँगै पाहुना टोली वेस्ट इन्डिज जितविहीन रह्यो।

यसअघि पहिलो एकदिवसिय ५ विकेटले जितेको पाकिस्तानले दोस्रो एकदिवसियमा १ सय २० रनको जितनिकालेको थियो। तेस्रो खेलमा पनि सहज जित निकालेसँगै सिरिज ३–० ले क्लीनस्वीप गरेको हो।

वर्षाका कारण ४८ ओभरमा घटाइएको खेलमा पाकिस्तानले पहिलो ब्याटिङ गर्दै ९ विकेट गुमाएर २ सय ६९ रन बनाएको थियो। जवाफमा वेस्टइन्डिज ३७‍।२ ओभरमा २ सय १६ रनमा अलआउट भयो।

वे​स्ट इन्डिजका लागि अकेल हुसेनले ६० रन बनाउनु सर्वाधिक रह्यो। त्यस्तै क्यासी कार्टीले ३३ रन बनाउँदा साई होपले २१ रन बनाए। त्यस्तै शमर्स ब्रुकले १८ रन बनाउँदा केमो पउल २१ रनमा आउट भएका थिए। पाकिस्तानका लागि सादव खानले ४ विकेट लिंदा हसन अली र मोहम्मद नवाजले समान २र२ विकेट लिएका थिए।

त्यसअघि पहिलो ब्याटिङ गरेको पाकिस्तानका लागि सादव खानले ८६ रनको सानदार इनिङ खेले। त्यस्तै इमाम उल हकले ६२ रनको इनिङ खेल्दा ओपनर फखर जमानले ३५ तथा खुसदिल साले ३४ रनको योगदान दिएका थिए। वेस्टइन्डिजका लागि निकोलस पुरनले ४ विकेट लिंदा किमो पउलले २ विकेट लिएका थिए।

 

सम्बन्धित

Comments are closed.