फ्रान्स नेसनल लिगबाट बाहिरियो, घरेलु मैदानमा क्रोएसियासँग पराजित

साविक विजेता फ्रान्सको नेसनल लिगको उपाधि जित्ने सपना अन्त्य भएको छ। घरेलु मैदानमा क्रोएसियासँग पराजित भएसँगै फ्रान्सको फाइनल यात्रामा पूर्णविराम लागेको हो। फ्रान्सलाई पराजित गर्न क्रोएसियाका लागि लुका मोड्रिचले पाँचौ मिनेटमा गरेको पेनाल्टी गोल निर्णायक बन्यो।

समूह ए १ मा लागतार चार खेलमा जितविहीन बनेको फ्रान्सको यो दोस्रो हार हो। फ्रान्सले घरेलु मैदानमा सुरुवातमा नै पछि परेको थियो। पेरिसमा सोमबार राति इब्राहिमा कोनाटले एन्टे बुदिमिरलाई फउल गर्न पुगेपछि रेफ्रीले क्रोएसियालाई पेनाल्टी प्रदान गरेका थिए। यसलाई मोड्रिचले सदुपयोग गरेका थिए।

सुरुवातमा नै एक गोलले पछि परेको फ्रान्सले बल पोसेसन राख्दै क्रोएसियामाथि दबाब बढाए पनि गोल गर्न सकेन। फलस्वरूप घरेलु मैदानमा हार बेहोर्न पुग्यो।क्रोएसियाले फ्रान्सलाई १०औँ खेलमा हराएको हो। यसअघिको ९ भेटमा ६ खेलमा हार बेहोर्दा ३ खेल बराबरीमा सकिएको थियो।

हारपछि फ्रान्स नेसन्स लिग ए ग्रुप १ मा जितविहीन बन्दै बाहिएिको छ। फ्रान्सले दुईमा हार र दुईमा बराबरी खेल्दै समूहमा २ अंक जोडेर पुछारमा रहेको छ। समूहमा डेनमार्क ९ अंकका साथ शीर्ष स्थानमा रहँदा क्रोएसिया ७ अंकका साथ दोस्रो र अस्ट्रिया ४ अंकका साथ तेस्रो स्थानमा रहँदा फ्रान्सको २ अंक मात्र छ।

सम्बन्धित

Comments are closed.