घरेलु टोली इंग्ल्यान्डले न्युजिल्यान्डविरुद्वको टेस्ट सिरिज एक खेल अगावै कब्जा गरेको छ। दोस्रो टेस्टमा पाहुना टोलि न्युजिल्यान्डमाथि ५ विकेटको जित निकाल्दै सिरिज २(० ले कब्जा गर्यो।
नोटिङघममा भएको दोस्रो टेस्टमा इंग्ल्यान्डसामु न्युजिल्यान्डले जितका लागि अन्तिम ९पाँचौ० दिन २ सय ९९ रनको लक्ष्य प्रस्तुत गरेको थियो। उक्त लक्ष्य इंग्ल्यान्डले ५ विकेट गुमाएर पुरा गर्यो। इंग्ल्यान्डको जितमा जोनी ब्यारिस्टोले १ सय ३६ रनको सानदार शतकीय इनिङ खेले। त्यस्तै कप्तान बेन स्टोक्स ७५ रनमा नटआउट रहँदा ओपनर एलेक्स लेसले ४४ रन तथा ओल्ली पोपले १८ रन बनाए। स्टोक्सलाई बेन फोकेसले १२ रन बनाएर साथ दिए। न्युजिल्यान्डका लागि ट्रेन्ट बोल्टले ३ विकेट लिएपनि टीमको हार टार्न सकेनन्।
त्यसअघि हाइस्कोरिङ पहिलो इनिङमा न्युजल्यान्डले ड्यारील मिसेलको १ सय ९० तथा टोम ब्लनडेलको १०६ रनमा ५५३ रनको विशाल स्कोर तयार गरेको थियो। इंग्ल्यान्डले पनि सानदार प्रदर्शन गर्दै जो रुटको १ सय ७६ तथा ओल्ली पोपको १ सय ४५ रनको सानदार इनिङमा ५ सय ३९ रन बनाएको थियो।
पहिलो इनिङमा १४ रनको अग्रता बनाएको न्युजिल्यान्डले दोस्रो इनिङमा भने गतिलो प्रदर्शन गर्न नसक्दा २ सय ८४ रनमा समेटियो। उसका लागि ड्यारिल मिसेलको ६२ रन सर्वाधिक रह्यो। त्यस्तै विल योङले ५६ रन बनाउँदा डेभोन कनवेले ५२ रन बनाएका थिए। इंग्ल्यान्डका लागि स्टुआर्ट ब्रोडले ३ विकेट लिएका थिए।
अब यी दुई बिचको तेस्रो तथा अन्तिम टेस्ट २३ जुनबाट लिड्समा हुने छ।
Comments are closed.