नेपाल अमेरिकासँग ३९ रनले पराजित

 

आईसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गतको त्रिदेशीय सिरिजको अन्तिम खेलमा नेपाल अमेरिकासँग ३९ रनले पराजित भएको छ।

अमेरिकाको टेक्ससस्थित मोसा क्रिकेट मैदानमा गएराति भएको खेलमा अमेरिकाले दिएको २४६ रनको लक्ष्य पछ्याएको नेपालले ४७ ओभर ४ बलमा अलआउट हुँदै २०६ रन मात्र बनाउन सक्यो।

नेपालका लागि आरिफ शेखले ६३ रनको अर्धशतकीय इनिङ खेले पनि टोलीलाई जित दिलाउन सकेनन्। यस्तै सोमपाल कामीले ४७ रन र देव खनालले ३४ रन बनाए। आसिफ शेख १८, रोहित पौडेल १६ र कुशल भुर्तेल १० रनमा आउट भए। दिपेन्द्र सिंह ऐरीले ७, आदिल अन्सारीले ४,करण केसीले १ रन बनाए। कप्तान सन्दीप लामिछाने शून्यमा रनआउट भए।

अमेरिकाका लागि अलि खान र सौरभ नेत्राभाल्करले ३्३ विकेट लिए। पहिले ब्याटिङ गरेको अमेरिकाले ५० ओभरमा ७ विकेट गुमाएर २४५ रन जोडेको थियो।

नेपालका करण केसीले ३ विकेट लिए । सन्दीप लामिछानेले २ तथा सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीले १्१ विकेट लिए।

सिरिज अन्तर्गत नै यसअघिको भेटमा नेपाल र अमेरिकाबीचको खेलमा बराबरी भएको थियो । लिग(२ को अंकतालिकामा नेपाल पाँचौँ स्थानमा छ। अमेरिका २४ खेलमा २३ अंक जोडेर चौथो स्थानमा छ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.