भारत र दक्षिण अफ्रिकाबीच जारी ५ खेलको टी९२० अन्तराष्ट्रिय सिरिजको अन्तिम खेल आइतबार बैङ्ग्लोरमा हुँदै छ। के एम चिन्नस्वामी स्टेडियममा हुने खेलले सिरिज जित्ने टिमको तय गर्ने छ।
अघिल्ला ४ खेलको समाप्तिमा सिरिज २(२० को अबस्थामा रहेको छ। दुबैका लागि यो सिरिज ऐतिहासिक मानिएको छ। भारतले दक्षिण अफ्रिकालाई घरेलु मैदानमा टी(२० सिरिजमा हराएर जित्न सकेको छैन्। त्यसोत दक्षिण अफ्रिका पनि भारतीय भूमिमा टी९२० सिरिजमा आफ्नो दबदबा कायम राख्न चाहन्छ।
दक्षिण अफ्रिकाले पहिलो पटक २०१५९१६ मा टी(२० अन्तराष्ट्रिय सिरिज खेल्न भारत आएको थियो। ३ खेलको सिरिजमा भारतले २९० ले सिरिज गुमाएको थियो। अन्तिम खेल भने वर्षाले प्रभावित भएको थियो। यो सिरिजमा टिमको कप्तानी महेन्द्र सिंह धोनीले गरेका थिए।
यसपछि दक्षिण अफ्रिकाको टिम २०१९(२० मा टी(२० सिरिजका लागि भारत आएको थियो। यो सिरिजमा भारतीय टिमको कप्तानी विराट कोहलीले गरेका थिए। ३ खेलको सिरिज १(१ को बराबरीमा सकिएको थियो। उक्त समयमा पनि वर्षाका कारण एक खेल रद्द भएको थियो।
यो पटक भारतीय टीम ऋषभ पन्तको कप्तानीमा मैदानमा रहेको छ। तर यसयसपटकपनि अन्तिम टी(२० मा वर्षा बाधक हुने खतरा रहेको छ। भारतीय मौसम विभागको रिपोर्ट अनुसार आइतबार बैङ्ग्लोरमा दिनभर वर्षाको सम्भावना रहेको छ। बेलुकाको तापक्रम २१ डिग्री तथा वर्षा हुने सम्भावना ५० प्रतिशत मानिएको छ।
हेड टु हेड
अहिलेसम्म भारत र दक्षिण अफ्रिका बिच १९ टी९२० अन्तराष्ट्रिय खेल भएका छन्। जसमा ११ खेलमा भारतले जित निकाल्दा ८ खेलमा दक्षिण अफ्रिकाले जित हासिल गरेको छ। भारतीय भूमिमा दुई टिमबीच ८ पटक प्रतिस्पर्धा भएको छ। जसमा ५ खेलमा दक्षिण अफ्रिकाले जित हासिल गर्दा ३ खेलमा भारत विजयी भएको छ।
Comments are closed.