सुदूरपश्चिम प्रदेश सरकारद्धारा आगामी आर्थिक वर्ष २०७९\८० को बजेटमा मन्दिमा मात्रै २२ करोड बढी रुपैया बजेट विनियोजन

सुदूरपश्चिम सरकारले आर्थिक वर्ष २०७९\८० को बजेटमा मन्दिमा मात्रै २२ करोड बढी बजेट विनियोजन गरेको पाइएको छ । आर्थिक वर्ष २०७७\७८ मा १५ करोड र २०७८\७९ मा करिब १७ करोड बजेट समुदाय विशेषका मन्दिर निर्माण गर्न खर्च गरेको प्रदेश सरकारले आगामी आर्थिक वर्षमा मन्दिर निर्माण गर्न २२ करोड बढी बजेट छुट्याएको हो । सरकारले प्रदेश पर्यटन विकास कार्यक्रमको बजेटबाट सुदूरपश्चिमका ९ जिल्लाका स्थानीय २८३ मन्दिर निर्माण गरिने वार्षिक विकास कार्यक्रममा समेटेको छ । मन्दिरका लागि सबैभन्दा बढी ३ करोड ९४ लाख बैतडी जिल्लामा छ, भने सबैभन्दा कम ९० लाख बाजुराका लागि विनियोजन गरिएको छ । ९ जिल्लाका २ सय ८३ मन्दिरका लागि सरकारले ५ लाखदेखि ३० लाखसम्म छुट्याएको छ । प्रदेश सरकारले आगामी वर्षको बजेटमा कैलालीमा ४४ मन्दिर निर्माण गर्न ३ करोड ८५ लाख, कञ्चनपुरमा ३५ मन्दिरका लागि २ करोड ५९ लाख, डोटीमा २४ मन्दिरका लागि १ करोड ५८ लाख बजेटको व्यवस्था गरेको छ । यसैगरी, अछामका २७ मन्दिरका लागि २ करोड २० लाख, बझाङमा ४४ मन्दिरका लागि ३ करोड २६ लाख, बाजुरामा १३ मन्दिरका लागि ९० लाख, बैतडीमा ४५ मन्दिरका लागि ३ करोड ९४ लाख, डडेल्धुरामा १७ मन्दिरका लागि १ करोड ६३ लाख र दार्चुलामा ३४ मन्दिरका लागि २ करोड ७४ लाख बजेट छुट्याएको छ ।

सम्बन्धित

Comments are closed.