सुदूरपश्चिम प्रदेशमा औलो निवारणको लक्ष्य हासिल गर्नका लागि तीव्र रुपमा कार्य अगाडि बढाइदै

सुदूरपश्चिम प्रदेशमा औलो निवारणको लक्ष्य हासिल गर्नका लागि तीव्र रुपमा कार्य अगाडि बढाइएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले औलोका रोगीको सङ्ख्या शून्यमा झार्नका लागि र जाँच प्रतिशत निर्धारित लक्ष्यमा पुरयाउनका लागि कार्य अगाडि बढाएको हो ।

औलो रोग निररणको लक्ष्य हासिल गर्न स्वास्थ्यकर्मीलाई कोचिङग, कीटजन्य रोगको परिमार्जित निर्देशिका बमोजिम सरकारी तथा निजी क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीलाई अभिमुखीकरण दिने कार्य अगाडि बढाइएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कार्यक्रम अधिकृत हेमराज जोशीले जानकारी दिए।

उहाका अनुसार स्वास्थ्यकर्मीलाई तालिमको व्यवस्थासँगै औलो रोग निवारणका लागि प्रतिबद्धता कायम गराउने कार्यसमेत भइरहेको छ । उहाले ‘नेपाल सरकारले सन् २०२५ सम्ममा नेपालबाट औलो निवारण गरिसक्ने लक्ष्य लिएकाले लक्ष्य हासिल गर्नका लागि लगातार तीन वर्षसम्म औलो पोजिटिभ बिरामीको सङ्ख्या शून्य कायम हुनुपर्ने बताउनु भयो ।

 

सम्बन्धित

Comments are closed.