विगत लामो समयदेखि कोरोनाको संक्रमण देखिनेक्रम शुन्य रहेको भएपनि सुदुरपश्चिम प्रदेशमा फेरी कोरोनाको संक्रमण देखिन थालेको छ । बिहीवार सुदुरपश्चिम प्रदेशमा ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बिहीवार कुल ३ सय २८ जनाको कोरोना परिक्षण गर्दा थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
बिहीवार थप ९ जना कोरोना संक्रमित थपिएसंगै कोरोना संक्रमितको कुल संख्या ५९ हजार ६ सय ८२ जना पुगेको छ । हालसम्म सुदुरपश्चिम प्रदेशमा ५ लाख ४७ हजार ४ सय ७९ जनाको कोरोना परिक्षण गर्दा कुल ५९ हजार ६ सय ८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको सुदुरपश्चिम प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ
यस्तै सुदुरपश्चिम प्रदेशमा हालसम्म ४१ हजार ७ सय ८६ जना कोरोनाको संक्रमणबाट मुक्त भइसकेका छन् भने ६ सय ३३ जनाको ज्यान गएको सुदुरपश्चिम प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
Comments are closed.