आज जुन २६ तारिखका दिन अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवस मनाइदै

आज जुन २६ तारिखका दिन अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवस मनाइदै छ । हरेक वर्षको जून २६ तारिखलाई अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करीविरुद्ध दिवसका रूपमा मनाउने निर्णय संयुक्त राष्ट्र सङ्घको सन् १९८७ को घोषणापत्रको ४२ को ११२ खण्डमा उल्लेख गरिएको छ । त्यस दिनको एउटा मात्र उद्देश्य भनेको विश्व समुदायलाई लागू औषधको असर र कारोबार वाट मुक्त गराउनु हो ।

स्वास्थ्य र मानवीय सङ्कटका समयमा लागु पदार्थको चुनौतीहरूको सम्बोधन भन्ने नाराका साथ यस वर्ष अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करीविरुद्ध दिवस मनाइदैछ । नेपालमा लागु पदार्थको परिभाषा लागु औषध नियन्त्रण ऐनको दफा ३ मा लागुऔषधको परिभाषामा देहायका कुराहरू समावेश छन भाङ÷गाँजा,औषधीय भाङ,अफिम,प्रशोधित अफिम,औषधीय अफिम,कोकाको बिरुवा र पातहरू, लागु औषध नियन्त्रण ऐनको दफा ४ ले देहायका कार्यहरूलाई लागु औषधको अपराध मानेको छ, जुन कानुनबमोजिम दण्डनीय छ ।

लागु औषध नियन्त्रण ऐनद्वारा निषेधित गाँजा÷गाँजाको खेती, उत्पादन, तयारी, खरिद, बिक्री, निर्यात, आयात, तस्करी, क्रमबद्ध वा उपभोग,अफिम वा कोकाको खेती वा अफिम वा कोका पात वा अन्य लागु औषधको उत्पादन,मादक पदार्थ उत्पादन वा तयारी,लागू औषध बिक्री वितरण,लागु औषधको निकासी वा पैठारी, लागु औषधको कुनै पनि ओसारपसार खरिद, भण्डारण, प्रशोधन वा सञ्चालन गर्ने लागु पदार्थको प्रयोग तथा अवैध तस्करी विरुद्ध सबै जनाको एैक्यवद्धता जरुरी छ ।

 

सम्बन्धित

Leave A Reply

Your email address will not be published.