नेपाली राष्ट्रिय क्रिकेट टोलीले क्यानडामा एकदिवसीय क्रिकेट शृङ्खला मात्रै खेल्ने भएको छ। विश्व कप क्रिकेट लिग–२ अन्तर्गत आयरल्यान्डमा त्रिदेशीय शृङ्खला खेल्नुअघि नेपालले क्यानडामा टी–२० र एकदिवसीय खेल्ने योजना थियो। तर भिसालगायतका कारण नेपालले क्यानडामा तीन खेलको एकदिवसीय शृङ्खला मात्रै खेल्ने एको हो।
जसमा क्यानडाको राष्ट्रिय टोलीसँग दुई खेल र स्थानीय क्लबसँग एक खेलको तालिका रहेको छ। नेपालले आउँदो जुलाई १ तारिख अर्थात् असार १७ गते ओन्टारियो क्लबसँग तथा ४ र ५ तारिख अर्थात् असार २० र २१ गते क्यानडाको राष्ट्रिय टोलीसँग एकदिवसीय खेल खेल्नेछ।
विश्व कप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, आयरल्यान्ड र नामिबियाबीचको एकदिवसीय शृङ्खला जुलाई ११ तारिख अर्थात् असारको २७ गतेदेखि सुरु हुनेछ।