पेट्रोलियम पदार्थ सस्तोमा खरिद गर्नका लागि नेपालले थाल्यो भारत संग अनौपचारिक कुराकानी

पेट्रोलियम पदार्थ सस्तोमा खरिद गर्नका लागि नेपालले भारत संग अनौपचारिक कुराकानी सुरु गरेको छ । पेट्रोलियम पदार्थको चर्को मूल्यका कारण समग्र अर्थतन्त्र मै असर परेपछि सरकारले सस्तोमा इन्धन किन्न भारत संग अनौपचारिक कुराकानी थालेको उद्योग, वाणिज्य तथा आपूर्ति सचिव डा. गणेश प्रसाद पाण्डेयले बताउनु भएको छ । भारतले रसिया लगायतका मुलुक बाट सस्तोमा इन्धन किनेका कारण त्यस्तो इन्धन नेपाललाई दिन सक्छ कि भन्ने अनुमानमा कुराकानी अघि बढाएको सचिव पाण्डेयले बताउनु भएको छ ।
इन्धनको मूल्यका कारण समग्र अर्थतन्त्रमा असर हुन बाट जोगाउन सरकारले अधिक प्रयास गरि रहेको पनि पाण्डेयले बताउनु भएको छ । सन् २०२० को जनवरी देखि अन्तर्राष्ट्रिय बजारमा पेट्रोलको कच्चा पदार्थको मूल्य वृद्धि हुदा प्रशोधित इन्धनको मूल्यको मारमा हाम्रो मुलुक नेपाल पर्दै आएको छ । इन्धनको मूल्य वृद्धि संगै दैनिक उपभोग्य वस्तु तथा सेवाको मूल्य बृद्धि हुदा महगी ६ वर्षयता कै उच्च बिन्दुमा पुगेको छ । इन्धनको उच्च मूल्यका कारण यसको कारोबार गर्ने नेपाल आयल निगमको घाटा १५ दिनमा १० अर्ब रुपैयँ नाघ्न थालेको छ । निगमले तेल खरिद गर्ने भारतीय आयल कर्पोरेसनलाई तिर्नु पर्ने बक्यौता पनि बढ्दै गएको छ । निगमको पछिल्लो विवरण अनुसार यस्तो बक्यौता रकम २३ अर्ब पुगि सकेको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.