बर्षात शुरु भएसंगै तरकारी लगायत दैनिक उपभोग्य वस्तुको मूल्यमा वृद्धि

केही महिना यता देखि तरकारी लगायत खाने तेल र दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि भएपछि उपभोक्ता मारमा परेका छन् । मूल्य वृद्धिले गर्दा विपन्न वर्ग बढी मर्कामा परेका छन् । मूल्य वृद्धि संगै आर्थिक अवस्था कमजोर भएका विपन्न परिवारलाई सँ“झ बिहान पकाएर खानु पर्ने तरकारीको जोहो कसरी गर्ने भन्ने चिन्ता बढेको छ । खाने तेलको मूल्य महिनै पिच्छे वृद्धि भइरहेको छ । तेलहन कच्चा पदार्थ पर्याप्त मात्रामा नपाउदा बढेको मूल्य संगै तेलको मूल्य पनि वृद्धि गर्नु परेको तेल उत्पादक व्यापारीको भनाइ छ ।
दुई महिना अघि सम्म प्रति किलो रु ६० देखि रु ७० पर्ने गोलभेडाको मूल्य बढेर अहिले १६० पुगेको छ । यसैगरी प्रति किलो भिन्डी ७०, काउली ९०, रायो १००, घिउसिमी ७०, तनेबोडी १०० नया“ आलु ६०, पुरानो आलु ३५ पुगेको छ । प्रतिकिलो हरियो खुर्सानी १५०, लौका र फर्सी ४० देखि ५० पुगेको छ । लौका र फर्सीको मूल्य स्थिर रहेपनि अन्य उपभोग्य वस्तुको मूल्य बढेको उपभोभक्ताले बताएका छन् । साग र तरकारीको चर्को मूल्य वृद्धि संगै यसको कारोबार व्यापारीले किलोमा भन्दा पाउको हिसाबमा गर्न थालेका छन् ।
अन्य महिनाको भन्दा वर्षायाममा तराईका जिल्लामा साग लगायत तरकारी उत्पादन निकै कम परिमाणमा भएको छ । तराईका सहरी क्षेत्रमा यसको माग पूरा गर्न पहाडी जिल्ला बाट साग र तरकारी आउने गरेकोले वर्षामा यसको मूल्य पनि वृद्धि हुने गर्दछ तर अहिलेको वर्षामा व्हात्तै मूल्य वृद्धि भएको उपभोक्ताहरुको गुनासो रहेको छ । मूल्य वृद्धि अस्वभाविक ढङ्गले बढ्दै गए पनि यसको अनुगमन गरी मूल्य नियन्त्रण गर्ने तर्फ कसैको पहल नभएको उनीहरुको भनाइ छ ।

सम्बन्धित

Comments are closed.