महिला भलिबल टिमकी कप्तान अरुणाले नेदरल्यान्ड्समा विशेष प्रशिक्षण लिए

नेपाली महिला भलिबल टिमकी कप्तान अरुणा शाही भखर्रै मात्र एक महिना लामो नेदरल्यान्ड्समा ३५ दिन वैदेशिक प्रशिक्षण सकेर नेपाल फर्किएकी छिन् । यो प्रशिक्षणले उनमा प्राविधिक खेल नीतिका साथ साथै मनोवैज्ञानिक रुपले आत्मविश्वास बढाएको छ ।
२०७६ असोज अन्तिममा नेपाली महिला राष्ट्रिय भलिबल टोलीको कप्तानी सम्हालेकी अरुणा नेपालको सफल कप्तान हुन् । उनको कप्तानीमा नेपालले लगातार २ पटक एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल टिमको उपाधि समेत जिति सकेको छ ।
नेपालले १३ औं दक्षिण एसियाली खेलकुद सागमा उनकै नेतृत्वमा ऐतिहासिक रजत पदक जितेको थियो । उनले नेपाल भलिबल संघ र नेदरल्यान्ड्स भलिबल संघको सहकार्यमा पहिलो पटक औपचारिक रुपमा विदेशी प्रशिक्षण लिने मौका पाएकी हुन् ।
राष्ट्रिय टिम बाट सेटर पोजिसनमा खेल्ने अरुणाले नेदरल्यान्ड्समा ३५ दिन यसै सम्बन्धी विशेष प्रशिक्षण लिएकी हुन् । सन् २०१४ मा राष्ट्रिय टिमबाट डेब्यू गरेयता उनले आफ्नो पोजिसनमा विशेष प्रशिक्षण लिन पाउदा मनोवैज्ञानिक रुपमा सवल महसुस गरेको बताएकी छिन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.