नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढायो

नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएपछि वायुसेवा कम्पनीले हवाई भाडा बढाएका छन् । वायुसेवा सञ्चालक संघका अनुसार काठमाडौं बाट सबै भन्दा लामो रुट धनगढीका लागि सबैभन्दा धेरै २२० रुपैया बढेको छ ।
भाडा बढेसंगै अब काठमाडौं बाट धनगढी पुग्न अधिकतम १७ हजार २५ रुपैयँ लाग्ने भएको छ । काठमाडौं बाट पर्वतीय उडानको भाडा १४ हजार ८९० रुपैया पुगेको छ । यस रुटमा १७० रुपैया बढेको छ । सबैभन्दा कम काठमाडौं बाट सिमराका लागि ४५ रुपैयँ बढेको छ ।

यो रुटमा अब अधिकतम ४ हजार २४० रुपैया भाडा लाग्ने भएको छ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्यमा प्रतिलिटर ५ रुपैयँ मूल्य बढाएको थियो । अहिले हवाई इन्धनको मूल्य १८५ रुपैयँ प्रतिलिटर बाट १९० रुपैयँ पुगेको छ ।

सम्बन्धित

Comments are closed.