नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारी चयन गर्न गृहकार्य नपुगेको भन्दै केन्द्रीय सदस्यहरु सँग समय मागेका छन् ।
प्रज्ञा प्रतिष्ठान, कमलादीमा केन्द्रीय समितिको बैठकमा प्रचण्डले अलिकति गृहकार्य नपुगेको भन्दै सबैलाई समेट्न २–४ दिनको समय माग गर्नु भएको हो । केन्द्रीय समिति, पोलिटब्यूरो र स्थायी कमिटी टुंगो लगाई सकेको भन्दै उहाले पदाधिकारीमा पनि ठूलो समस्या नरहेको बताउनु भएको छ ।
वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठको विकल्प नभएको भन्दै उहाले महासचिव र उपमहासचिवको मोटामोटी प्रस्ताव तयार पारेको बताउनु भएको छ । केन्द्रीय समिति बैठकले माओवादी केन्द्रको १५६ सदस्यीय पोलिट्ब्यूरो र ४१ सदस्यीय स्थायी समिति टुंगो लगाएको छ ।