जुम्लामा चट्याङ लागेर एक युवाको ज्यान गयो
जुम्लामा चट्याङ लागेर एक युवाको ज्यान गएको छ । जिल्लाको तिला गाउँपालिका वडा नं. ९ निवासी ति यूवाको चट्याङले ज्यान गएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार तिला गाउँपालिकाको रारालिही बाट ४ घण्टा पैदल यात्रा गरेर पुगिने उक्त स्थानमा घटना भएको हो ।
मालापानी घर बाट टाढा दुई कि.मी. सिमी गोड्न गएका तिला गाउपालिकाको वडा नं. ९ निवासी १८ वर्षीय प्रेम बुढाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी तथा प्रहरी निरीक्षक भुवन भट्टले जानकारी दिनु भएको छ ।
उनका अनुसार पानी परेपछि रुख मुनि ओत लिन बुढा बसेका थिए ।