विश्वकप क्रिकेट लिग टू मा नेपालले शनिबार नामिबिया विरुद्ध पहिले बलिङ गर्ने भएको छ ।
स्कटल्याण्डमा भइरहेको खेलमा नामिबियाले टस जितेर पहिले ब्याटिङ रोजेको हो । शनिबारको खेलमा नेपाली टिममा एउटा परिवर्तन गरिएको छ ।
करण केसीको ठाउमा पवन सर्राफ पहिलो रोजाइमा खेल्दै छन् । पवनले यसअघि गत मार्चमा कीर्तिपुर मैदानमा भएको पपुवा न्युगिनी विरुद्धको खेलमा खेलेका थिए ।
यसअघि लिग टू क्रिकेटको पहिलो खेलमा नेपाल नामिबिया संग ४० रनले पराजित भएको थियो भने स्कटल्याण्डलाई ५ विकेटले हराएको थियो ।
Comments are closed.