पटके सकुम्बासीको अन्त्य गर्ने,मन्त्री पद्माकुमारी अर्याल

पटके सकुम्बासीको अन्त्य गर्ने भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले बताउनु भएको छ ।

भूउपयोग ऐन तथा प्रस्तावित भूमिसम्बन्धी ऐन कार्यान्वयन एवं सहकारी व्यवस्थापन सम्बन्धी प्रदेश तथा स्थानीय तहका पदाधिकारीसँगको मन्त्रालयले कैलालीको धनगढीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अर्यालले सो कुरा बताउनु भएको हो ।

राज्यले एकपटक मात्र सम्बोधन गर्ने भन्दै मन्त्री अर्यालले पटकपटक सुकुम्बासी हुने कुराको अन्त्य गरिने बताउनु भयो । सबै सुकुम्बासी, भूमिहिन, अव्यवस्थित बसोबासीको समस्या यसैपटक समाधान गरिने मन्त्री अर्यालको भनाइ थियो ।

विगतमा १२ वटा आयोग बन्दासम्म समस्या समाधान हुन नसकेपनि अब सरकार १३ औँ आयोग बनाएर काम सम्पन्न गर्ने तयारीमा रहेको मन्त्री अर्यालले बताउनु भयो । सामाजिक न्यायकालागि पनि यो देशका भूमिहीन, सुकुम्बासीलाई भूमिको मालिक बनाउनुपर्ने भन्दै उहाले भूमी ऐन आठौं संशोधन मार्फत भूमिहिन, सुकुम्बासी, अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न खोजेको बताउनु भयो ।

सुदुरपश्चिम प्रदेशका भूमि व्यवस्था, सहकारी तथा कृषिमन्त्री विनिताकुमारी चौधरीले भूमिसम्बन्धी सबै समस्या ऐनले सम्बोधन गर्ने बताउनु भयो ।

सम्बन्धित

Comments are closed.