आईसीसी क्रिकेट विश्वकप लिग टु मा नामिबिया संग नेपाल पराजित

आईसीसी क्रिकेट विश्वकप लिग टु मा दुई दिनअघि स्कटल्याण्ड विरुद्ध उसैको मैदानमा ऐतिहासिक जित निकाल्दा नेपालले उत्कृष्ट बलिङ गरेको थियो ।
पहिलो खेलमा नामिबिया संग ४० रनले पराजित भएको नेपालले दोश्रो खेलमा स्कटल्याण्डलाई १४४ रनमा अलआउट ग¥यो । र १४५ रनको लक्ष्य २५.१ ओभरमा ५ विकेट गुमाएर भेट्टायो ।
ठूलो लक्ष्य पछ्याउदा ब्याटिङ्मा कमजोर देखिएको नेपालले सानो लक्ष्यमा पनि ब्याटिङमा संघर्ष नै गरेको थियो ।
खराब ब्याटिङ शृंखला जारी रहदा नेपाल शनिबार नामिबिया संग ६३ रनले पराजित भयो । नामिबिया संग एक साता भित्रै नेपाल दोस्रो पटक पराजित भयो ।

विपक्षीलाई चार बल अघि १९९ रनमा अलआउट गरेको नेपाल आफैंले भने पूरा ओभर ब्याटिङ गर्न समेत सकेन । २०० रनको लक्ष्य पछ्याएको नेपाल ७३ बल बाकी छदै १३६ रनमा अलआउट भयो ।
१३२–६ को अवस्थामा रहेको नेपालले त्यसपछि ४ रन जोड्दा बँकी रहेको ४ विकेट पनि गुमायो । नेपालका कुनै खेलाडीले अर्धशतक त बनाउन सकेनन् नै व्यक्तिगत ४० रनको छेउछाउ समेत पुग्न सकेनन् ।
यसले पनि पुष्टि हुन्छ कि नेपालको ब्याटिङ कमजोर छ भनेर ।
बलिङमा राम्रो प्रदर्शन गर्दा गर्दै पनि ब्याटिङमा औसत भन्दा तलको प्रदर्शनले नेपाल पराजित भयो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.