सूचना प्रविधि विधेयकका बिरुद्ध प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र

नेपाली कांग्रेस कैलालीले सूचना प्रविधि विधेयकका बिरुद्ध आज प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।

मिडिया विधेक मार्फत कम्यूनिष्ट सरकारले प्रजातन्त्रको मुलभूत सिद्धान्तलाई उल्लङघन गर्न खोजेको आरोप ज्ञापनपत्रमा लगाईएको छ ।

नागरिकको फोन ट्यापिङ समेत गर्न सकिने, सामाजिक सञ्जालमा कसैलाई जिस्काएमा ५ वर्षसम्म जेल र १५ लाख रुपैयाँ जरिवाना तिर्नुपर्ने जस्ता प्रावधानले अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित पार्ने ज्ञापन पत्रमा ठहर गरिएको छ ।

ज्ञापन पत्र बुझाउदै नेपाली कांग्रेस कैलालीका कार्यबाहक सभापती प्रकाश बमले सरकारले जनता, सूचना प्रविधि र पे्रसमाथी आक्रमण गर्न खोजेको आरोप लगाए ।

लोकतन्त्रलाई समाप्त पार्ने, जनअधिकार र स्वतन्त्रमा बन्देज हुने किसिमले आएको विधेयकहरुको विरोधमा आफुहरु उत्रिएको कार्यबाहक सभापती बमले बताए ।

ापनपत्र बुझ्दै कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले गृह मन्त्रालय मार्फत प्रधानमन्त्री समक्ष उक्त ज्ञापनपत्र पेश गर्ने प्रतिवद्धता जनाएका थिए ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.