भारत बाट पेट्रोलियम पदार्थको भाउ घटेर आएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ घटे सँगै भारतीय आयल कर्पोरेसन (आईओसी) बाट पनि नेपाल आयल निगमका लागि पेट्रोलियम पदार्थको भाउ घटेर आएको छ ।
पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजल प्रतिलिटर १६ रुपैयाँ ५६ पैसा घटेर आएको नेपाल आयल निगमले जनाएको छ । भारत बाट भाउ घटेर आए पनि अझै निगम घाटामा रहेकोले तत्कालै भाउ घट्ने सम्भावना नरहेको निगमले जनाएको छ ।
आयल निगमले अझै आईओसी लाई ३१ अर्ब २० करोड रुपैयाँ तिर्न बाँकी भएको जनाएको छ । यो ऋण रकम तिर्न निगमले वाणिज्य बैंक र सरकार बाट झन्डै १० अर्ब ऋण लिन लागेको जनाएको छ ।
अहिले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारेल १ सय डलर आसपासमा झरेको छ । एक महिनाअघि प्रति ब्यारेल १ सय २० डलर भन्दा माथि थियो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै निगमलाई केही राहत मिलेको छ ।