नयँ राष्ट्रपति चयनका लागि श्रीलंकामा मनोनयन दर्ता शुरु

श्रीलंकामा आज नयँ राष्ट्रपति चयनका लागि मनोनयन दर्ता हुदै छ । राष्ट्रपति गोटाबाया राजापाक्षले राजीनामा दिएकाले नयँ राष्ट्रपति चुन्न लागिएको हो ।
नयँ राष्ट्रपति चयनका लागि बुधबार सांसदहरुले मतदान गर्ने बताइएको छ ।
आर्थिक संकटको विरोधमा प्रदर्शन उग्र बनेपछि राष्ट्रपति गोटाबाया देश छाडेर भागेका थिए । नयँ राष्ट्रपतिको रुपमा सबैभन्दा बढी चर्चामा रहेका कार्यवाहक राष्ट्रपति रनिल विक्रम सिंघेको छ । राजापाक्षे परिवार संग निकट रहेका उनलाई सत्ताधारी श्रीलंका पिपुल्स फ्रन्टको समर्थन छ ।
यस्तै श्रीलंकाको मुख्य विपक्षी दलका नेता सजिथ प्रेमदासाले भने राष्ट्रपति पदको दाबी बाट आफ्नो नाम फिर्ता लिने बताउनु भएको छ । केही दिन अगाडि भने उहाले राष्ट्रपतिमा दाबी गर्ने समाचार सार्वजनिक भएको थियो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.