पहिरो खसेको कारण कर्णाली राजमार्ग अबरुद्ध

कर्णाली राजमार्ग अन्तर्गत कालीकोट सडक खण्ड अवरुद्ध भएको छ ।

कालीकोटको खाडाचक्र नगरपालिका वडा नं.७, पिलिस्थित कर्णाली राजमार्गको सडकमा बिहीबार दिउसो साढे १ बजे पहिरो खसेपछि राजमार्ग अबरुद्ध भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

पहिरोले सडक अबरुद्ध हुदा सवारी साधन जाममा परेका छन् । कर्णाली राजमार्ग हुदै यात्रा गरि रहेका सार्वसाधारण अलपत्र परेका छन् ।

अस्थायी पोष्ट पिली बाट खटिएको प्रहरी टोलीले स्थानीय तह संग समन्वय गरी एक्साभेटर लगाएर सडक खुलाउने काम गरि रहेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी हिराबहादुर पाण्डेले जानकारी दिनु भएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.