साफ यू–२० च्याम्पियन सिपका लागि नेपाली टिमको कप्तानी आयुष घलानले गर्ने भएका छन् ।
राष्ट्रिय टिम बाट खेलि सकेका अनुभवी भएकाले उनलाई कप्तान बनाउने तयारी एन्फाले गरेको हो । यसको आधिकारीक घोषणा भने शुक्रबार एन्फाले गर्ने बिदाइ कार्यक्रममा गरिनेछ ।
सिनियर राष्ट्रिय टोली बाट खेलि सकेका आयुष घलान सहित ए डिभिजनमा खेलेका कृतिश रत्न छुञ्जु, मनग्य नकर्मी, आशिष राई लगायत खेलाडी टिममा छन् ।
अन्तिम चरणमा छानिएको टोलीमा एक परिवर्तन गरिएको छ । फरवार्ड दिपेश राई घाइते भए पश्चात उनको ठाउँमा रोहित सुब्बालाई राखिएको छ ।
नेपालले च्याम्पियनसिपको पहिलो खेल ११ साउनमा श्रीलंका संग खेल्नेछ । त्यस्तै दोस्रो खेल १५ साउनमा भारत तथा १७ साउनमा बंगलादेश संग खेल्नेछ । सिंगल राउण्ड रोविनको खेलपछि अंक तालिकामा शीर्ष दुईमा रहने टोलीले २० साउनमा फाइनल खेल्ने छन् । नेपाली टिम शुक्रबार ३ बजे भारत प्रस्थान गर्ने छ ।
Comments are closed.