भारतकी नवनिर्वाचित राष्ट्रपति द्रौपदी मुर्मूले नेपाल र भारतको सम्बन्ध नयँ उचाईमा पुग्नेमा आफू विश्वस्त रहेको बताएकी छिन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले ट्वीटर मार्फत दिएको बधाई सन्देशको प्रतिउत्तरमा उहाले उक्त कुरा लेखेकी हुन ।
प्रधानमन्त्री देउवाले उनलाई बधाई दिदै नेपाल र भारतको द्विपक्षीय सम्बन्ध आगामी दिनमा नयँ उचाईमा पुग्नेमा आफू विश्वस्त रहेको बताएका थिए ।
यस्तै राष्ट्रपति विद्यादेवी भण्डारीले पनि मुर्मूलाई बधाई दिएकी छिन् । उहाले ट्वीटरमा लेखेकी छिन्, ‘मित्रराष्ट्र गणतन्त्र भारतका पन्ध्रौ राष्ट्रपति निर्वाचित हुनु भएकोमा महामहिम द्रौपदी मुर्मू ज्यू लाई म हार्दिक बधाई तथा शुभकामना ज्ञापन गर्न चाहन्छु । यहँको कार्यकालमा हाम्रा दुई देश बिचको सहकार्यले नयँ उचाई प्राप्त गर्नेमा म पूर्ण विश्वास व्यक्त गर्दछु ।’
भारतको सत्तारुढ गठबन्धन बाट राष्ट्रपति चुनिएकी मुर्मूले विपक्षी गठबन्धनको समर्थन पाएका यसवन्त सिन्हालाई पराजित गरेकी थिइन् । उहाले आइतबार देखि कार्यभार सम्हाल्ने छिन् । राष्ट्रपति रामनाथ कोविन्दको कार्यकाल आइतबार नै सकिदै छ ।
Comments are closed.